नेपाली गीत संगीत क्षेत्रमा शंकर छेत्री अथवा जेरिको श्रीमान् भनेर चिनिने शंकर छेत्रीको आवाजमा रहेको नया गीत ‘तोरी बारीमा’ अहिले युटुब ट्रेडिङमा पर्न सफल भएको छ । हुन त नेपाली गीत संगीत क्षेत्रमा गायक सर्जक तथा मोडल शंकर छेत्रीको छुट्टै पहिचान तथा चर्चा छ भने उहाको जुन सिर्जनालाई पनि नेपाली गीत संगीतलाइ माया गर्ने दर्शक तथा श्वोर्ताहरुले निकै रुचाएको देखिन्छ भने हरेक सिर्जना पनि युटुब ट्रेडिङमा रहने गर्छ । 

अहिले उहाकै आवाजमा रहेको ‘तोरी बारीमा’ भन्ने गीत तथा भिडियोको चर्चा चुलिदै छ । भने उक्त गीतमा गायक शंकर छेत्रीकै शब्द तथा संगीत रहेको छ भने उक्त गीतको भिडियोमा शंकर छेत्री लगाएत अन्जली अधिकारी ,बल्छी धुर्बे तथा काउली बुढीको अभिनय तथा नित्य हेर्न सकिन्छ भने उक्त भिडियोलाई निर्देशन तथा कोरियोग्राफी गर्नु भएको छ बिक्रम चौहानले ,भिडियो सम्पादन मिलन बिश्वोकर्माको रहेको छ । सिनेमाटोग्राफर -प्रकाश खड्काको रहेको छ ।
गीतमा संगीत सयोजन कमल सौरागले गर्नु भएको छ भने उक्त गीत तथा भिडियोलाई Mr. Shankar Chhetri Youtube Channel बाट सार्बजनिक गर्नु भएको छ ।







0 comments:
Post a Comment