यो मन त मेरो नेपाली हो


निर्देशक किम्मत गौतमको चलचित्र “गोर्खे ”को ट्रेलर मंगलबार सार्वजनिक हुँदै / के छ ट्रेलरमा खास ?

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र “गोर्खे ”को आफिसिएल ट्रेलर मंगलबार दिउसो २ बजे बुढा सुब्बा डिजिटल युटुब च्यानलबाट सार्वजनिक हुने भएको छ ।

यहि फागुन २१ गते बाट देशैभर प्रदर्शनमा आउने भनिएको चलचित्र "गोर्खे" को ट्रेलरमा चलचित्र भित्रको सम्पूर्ण पात्रहरुलाई फिचर्ड गरिएको छ । सोमबार चलचित्रका टिम भित्रका सम्पूर्णले चलचित्रको ट्रेलर रिलिजको पोस्टर फेसबुकमा सार्वजनिक गर्दै ट्रेलर रिलिज मिति तय गरेका थिए ।

गत केहि दिन अघि चलचित्रको रिलिज डेट संगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको थियो ,पोस्टर बाट चलचित्रले रार्मो तारिफ बटुलेको छ । सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकारहरुलाई फिचर गरिएको छ । यस चलचित्र लाई नेपाली चलचित्रका महंगा र प्रसंसनिय काम गर्ने प्राबिधिकहरुले आफ्नै लगानीमा निर्माण गरेका हुन । 

केहि दिन अघि चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित टाईटल लिरिकल गीत सार्वजनिक भए संगै चर्चामा आएको यस चलचित्रको अन्य गीत भने निकै चर्चामा रहेको छ  ।  चलचित्रको "गोर्खे .." तिन गीत रिलिज संगै चलचित्र हेर्ने र नेपाली चलचित्रलाई मायाँ गर्ने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ ।

नेपालको रमणीय स्थानहरु  पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक किम्मत गौतमले निर्देशन गरेका हुन । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने बताए निर्माता हरि थापाले। चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ।

सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ । चलाचित्र फाल्गुनको दोश्रो साताबाट प्रदर्शनमा ल्याउने तयारी भईरहेको बताए निर्माता हरि थापाले । यस्तै चलचित्रको विदेशको शो पनि पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रलाई  मित्र डी गुरुङले  सम्पादन गरेका हुन् । 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add