यो मन त मेरो नेपाली हो


सोनाम ल्होछारको अबसरमा एक दर्जन कलाकारहरुले राइगाउँ तताउने

कवानपुरको बागमती गाउँपालिका २ राईगाउँमा सोनाम ल्होछारको अबसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । राईगाउँ युवा क्लबको आयोजनामा तामाङ समुदायको सास्कृतिक पर्व २८५७ औ लाङ ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा फाल्गुन १ गते कार्यक्रम हुने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक छबि बम्जनले बताउनु भयो ।



सांस्कृतिक कार्यक्रममा ख्याती प्राप्त र मकवानपुरको स्थानीय स्तरमा रहेका प्रतिभाशाली तामाङ कलाकारहरूले विभिन्न प्रस्तुती दिनेछन ।

कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति राष्ट्रिय कलाकारहरु गायक मार्मिक लामा , सुरेश लामा,मदन घलान ,फुलकुमार बम्जन ,सुरज जिम्बा गायिका शशिकला मोक्तान ,निर्मला घिसिङ्ग ,रेश्मा बम्जन ,सुजिता जिम्बा ,नायिका सुनिता लुङ्गबा , सुक्मित घिसिङ्ग लगायतका कलाकारहरुले दर्शकलाई नचाउने छन् ।

सो कार्यक्रम स्मारिका थिङ्ग संचालन गर्नु हुनेछ भने कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष  सर्केश घलानले गर्नु हुनेछ ।

के हो सोनाम ल्होछार ?

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।

‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् ।

बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add