यो मन त मेरो नेपाली हो


नयाँ चलचित्र मार्फत देखिदै नायक प्रदिप खड्का / यिनी हुन प्रदिप संग जोडी बाधिने नायिका

 दिनेशको ‘प्रकाश’ मा प्रदिप र रेनु

काठमाडौँ। दिनेश राउतको निर्देशन रहने चलचित्र ‘प्रकाश’ निर्माण घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गरिएको हो । अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने चलचित्र फागुनको दोस्रो साताबाट छायाँकनमा जानेछ । धनगढीकी रेनुले चलचित्र ‘प्रकाश’ बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

चलचित्रमा प्रदीप र रेनुको अलवा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहनेछ । विकास सुवेदीको कथा रहेको चलचित्र बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा महेन्द्र अधिकारीले निर्माण गर्न लागेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन र जिवन थापाको सम्पादन रहनेछ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add