यो मन त मेरो नेपाली हो


फागुन २१ गतेबाट प्रदर्शन हुने ‘गोर्खे’को ट्रेलर सार्वजनिक

काठमाडौं। फागुन २१ गते देखि प्रदर्शन हुने चलचित्र ‘गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । किम्मत गौतमले निर्देशन गरेको चलचित्रले ५ युवाहरुको कथा बोल्छ। चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अस्मिता श्रेष्ठ, एन्जल श्रेष्ठ, सरोज तामाङ, सुजन थापा मगर, बालदिप राई लगायत कलाकारहरुको अभिनय छ । चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन् ।

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्मित चलचित्रमा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापाको निर्माण रहेको छ । सौरभ लामा र निरज कँडेलले छायांकन गरेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add