यो मन त मेरो नेपाली हो


तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक / भिडियोमा पल र गरिमा शर्मा

 गीतकार तारा अधिकारीको नयाँ गीत 'लाली ओठैमा' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । चपली हाइटका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ । राजीव समरको उत्कृष्ट कोरियोग्राफी भिडियोमा छ ।

यो गीतको भिडियोलाई पनि दर्शकले मन पराउने विश्वास गीतकार तारा अधिकारीको छ । निर्देशक रमेश थापाले गीतको भाव अनुसार नै भिडियोमा ग्रामिण परिवेश देखाउन खोजिएको बताए । गीतकार अधिकारीको यस अघि नै सपना र सुनौलो तारा एल्बम बजारमा आइसकेको छ । यो एल्बमका विभिन्न गीतको भिडियो पनि बनेको छ । तर अहिलेसम्म सबैभन्दा बढी भ्युज गुलेलीमा गीतले ४८ लाख भन्दा बढी भ्युज पाएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add