यो मन त मेरो नेपाली हो


‘नेपाल बेष्ट म्युजिक अवार्ड’ घोषणा, चैत्रका लागि ३९ विधामा फर्म खुल्ला

काठमाडौं । नेपाली रंगमञ्चमा संगीत र फिल्मलाई लिएर बर्षेनी दर्जनौं अवार्ड समारोहहरु आयोजना हुने गरेको छ । कतिपय अवार्डहरु विवादमा तानिएका छन् भने कतिपय अवार्डहरु आफ्नै ब्राण्डका कारण आयोजना भईरहेका छन् ।  तुल्सी मिडियाले भने नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा गरेको हो । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले आगामी चैत्र १४ गते शनिवार अवार्डको भव्य समारोह राजधानीमा गरिने गरि तयारी शुरु भएको बताएका छन् ।

अवार्डमा ३९ वटा विधा समावेश गरिएको छ । जसमा लोक, पप, आधुनिक र फिल्म अन्तर्गत छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेश छन् । यस्तै फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधा अन्र्तगत नव गायक, नव गायिका, नव नायक र नव नायिका समावेश छ । यस्तै प्राविधिकतर्फ सबै विधा अन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधा अन्र्तगत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् । पपुलर तर्फका सबै विधामा प्रत्यक्ष भोटिङ समेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिनेछ । यहि फाल्गुन ३ गतेबाट फाल्गुन २१ सम्मको लागि सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । निशुल्क फर्मको लागि आयोजकलाई सम्पर्क गर्न सकिनेछ भने डिजिटल प्रविधि मार्फत पनि फर्म भर्न सकिने जनाएको छ ।

नेपाल बेष्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यहरुलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्दै नेपाली साँगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने बताइएको छ ।

डिजिटल फर्म भर्नको याहाँ क्लिक गर्नुहोस

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add