यो मन त मेरो नेपाली हो


तिमि छौ र " भन्दै पल संग भिडियोमा कबिता राए ( भिडियो सहित )

चर्चित नायक पल शाह र नायिका कविता राए अभिनित म्युजिक भिडियो "तिमि छौ र "सार्वजनिक भएको छ ।कमल खत्री र अश्मिता अधिकारीको आवाज रहेको यस गीतमा शब्द संगीत पनि कमल खत्री कै रहेको छ । 

चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यस गीतलाई हरि हुमांगाईले निर्देशन गरेका हुन् । हाल छायांकन भईरहेको चलचित्र " चोर र पुलिस" मा  नायिकाको भूमिका निभाईरहेकी कविताले सिनेमाको छायांकनमा ब्रेक लिएर यस म्युजिक भिडियोलाई समय दिएको र समयको राम्रो सदुपयोग भएको उनले बताईंन । "मैले सोचेको भन्दा पनि राम्रो भिडियो बन्यो म खुसि छु , यो स्थानमा पुराउने मेरो डिरेक्टर हरि सर , गायक कमल सरलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु " उनले भनिन । करिब एक दर्जन भन्दा बढी म्युजिक भिडियो र थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका तथा मोडल कबिता राए नेपाली कलाकारितामा राम्रो स्थान बनाउने नायिकाको लिष्टमा पर्दछिन । "कविता जी लाई अभिनय गराउन खासै मेहेनत गर्न पर्दैन उनि स्टेप एकैछिनमा टिप्छीन र सर्टको लागी रेडी हुन्छिन " निर्देशक हरि हुमांगाईले भने उनको क्यामेरा फेस पनि राम्रो छ ।
 
सार्वजनिक भएको यस गीतबाट अबको निकट दिनमा पल संग सुहाउने जोडीमा कविता पनि राम्रै नम्बरमा पर्ने यस भिडियो बाट पक्का भएको छ । 

 गायक कमल खत्रीको शब्द ,संगीत र आवाज रहेको यस गीतले नेपाली सांगीतिक आकाशमा राम्रै स्थान पाउने पक्का देखिन्छ । सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा गीतले राम्रै दर्शक श्रोताको साथ् पाएको छ । गीतलाई कमल खत्रीको आफिसिएल युटुब च्यानल कमल खत्री बाट सार्वजनिक गरिएको छ । 






गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add