यो मन त मेरो नेपाली हो


‘केजिएफ’ च्याप्टर २’ को टिजर सार्वजनिक

सुपरहिट चलचित्र ‘केजीएफ’को सिक्वेल ‘केजिएफ’ च्याप्टर २ को टिजर सार्वजनिक गरिएको छ । अभिनेता यश स्टारर फिल्म ‘केजिएफ’ च्याप्टर २ यशको ३५औं जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मको टिजरलाई दर्शकहरुले निकै रुचाएका छन् । सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ ।विभिन्न ४ भाषामा रिलिज हुने चलचित्रको टिजर सार्वजनिक गरिएको छ ।



यो चलचित्रको निर्देशन प्रशान्त नीलले गरेका हुन् । चलचित्रमा विजय किरागन्दुरको लगानी छ । चलचित्रमा नायक संजय दत्त अधिराको भूमिकामा देखिएका छन् । चलचित्रमा श्रीनिधी सेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।चलचित्रको पोष्ट प्रोडक्शन विगत २ बर्षदेखि चलिरहेको थियो । ‘केजीएफ’को पहिलो सिरिज सन् २०१८ मा रिलिज भएको थियो । कन्नड, तमिल, तेलुगु र हिन्दी भाषामा बनेको यो चलचित्र कैयौं रेकर्ड समेत बनाएको थियो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add