यो मन त मेरो नेपाली हो


विन्ध्यवासिनीका संचालक रेग्मीविरुद्ध प्रहरीमा उजुरी / उजुरी मा ५७ जना चर्चित गायकको हस्ताक्षर

  विन्ध्यवासिनी म्यूजिक प्रालिले गायक प्रमोद खरेलविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी गरेपछि सुरु भएको विवाद यतिखेर चर्चामा छ । विन्ध्यवासिनी म्यूजिक विरुद्ध यतिखेर कलाकारहरुले हस्ताक्षर अभियान संचालन गरिरहेका छन् । आफ्नो एल्बम फिर्ता पाउन माग गर्दै अर्काको लगानीमा कम्पनीले आर्थिक शोषणसहित गालीगलौज गरी मानहानी गरेको भन्दै हस्ताक्षर अभियानमा लागेका हुन् ।

विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँमा कलाकारलाई गाली गलौज र मानहानी हुने गरी प्रस्तुत हुँदै आएको विषयमा केन्द्रित रहेर महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका छन् । सामूहिक हस्ताक्षरसहित कलाकारको मानहानी गरिएको भनी उजुरी दर्ता गरिएको हो । त्यस्तै कलाकारले आफ्नो लगानीमा निर्माण भएका सिर्जनाहरु फिर्ताका माग गरिएको छ । गायक गायिकाहरुले आफ्नो लगानीका सिर्जनाको प्रतिलिपि अधिकार आफैंमा फिर्ता गर्न अभियान समेत चलाएका छन् । उजुरीमा कलाकारले आफ्नो सिर्जना फिर्ता माग्दा सद्भावपूर्ण अभिव्यक्तिको सट्टा गालीगलौज गरेको भन्दै कारवाहीको माग गरिएको छ ।

स्मरण रहोस् यसभन्दा पहिला प्रस्तोता समाज नेपालले पनि गायक प्रमोद खरेलको पक्षमा उभिएर विज्ञप्ति जारी गरिसकेको छ । समाजले विन्ध्यवासिनीबाट प्रकाशित गायक खरेलको एल्बमको अधिकार खरेलमा नै निहीत रहेको स्पष्टिकरण दिएको थियो ।





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add