निर्माताको भनाई जस्ताको तस्तै ....
माघ १ बाट देशै भरिको हलहरुमा प्रर्दशन हुने भनिएको नेपाली चलचित्र “एउटा यस्तो प्रेम कहानी” धेरै हलहरुमा लाग्न सकेन, कारण हलवाला, सर्वरवाला र चलचित्र संग आबद्ध संघ संस्थाहरुको घिनलाग्दो राजनिती र लापरवाही। निर्माताको पैसाले मोटाउने अनि त्यही निर्माताको करोडौं लगानीमाथी खेलवाड गरेका छन्। उनीहरुको नेपाली चलचित्र प्रतिको सपोर्ट र उत्तरदायित्व फेसबुकको स्टेटसमा मात्र सिमित रह्यो। झन्डै एक बर्ष देखि शिथिल र निश्कृय अवस्थामा पुगेको नेपाली सिनेमा उधोग चलाएमान गर्ने आँट र हिम्मतका साथ नायक शिव श्रेष्ठ आफ्नो बहुप्रतिक्षित चलचित्र एउटा यस्तो प्रेम कहानी लिएर आए, तर पहिको पाईला चाल्न नपाई, नराम्ररी थच्काउने काम भयो। पहिलो दिनमै ८०% हलहरुमा बिभिन्न बहानावाजीहरु गरेर सर्भरवालाहरुले फिल्मनै हलहरुमा पुर्याईदिएनन्। पुगेका हलहरुमा पनि मुख्य सो हरु हिन्दी चलचित्र मास्टर’ लाई दिए।के यहि हो हलवालाहरुको नेपाली फिल्म प्रतिको उत्तरदायित्व ? के यसैका लागि चलचित्र संग आबद्ध संघ संस्थाहरु उफ्रिरहेका थिए?
कसरी खुल्यो हलहरु ?
चलचित्र बिकास वोर्ड र नेपाली चलचित्र सम्बन्धि चलचित्र बिकास वोर्ड संघ संस्थाहरुले धेरै प्रयास गरे पछि गत पौष १० गते सि. सि. एम. सि. ले सिनेमा हलहरु खोल्ने निर्णय गर्यो तर स्वास्थ मंत्रालयका बिज्ञहरुले भ्याक्सिन आएपछि मात्र हलहरु खोल्ने सुझाव दिए र हलहरु तत्काल नखोल्न निर्देशन दिए, चलचित्र बिकास वोर्ड लगायत अन्य धेरै संध संस्थाहरुले उप-प्रधानमंन्त्री सम्मलाई भेट्दा पनि हल खुल्न सकेन, नसके पछि नेपाल चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल र नेपाल कलाकार संघका अध्यक्ष आकाश अधिकारी नायक शिव श्रेष्ठलाई भेट्न पुगे। आफ्नो स्वास्थ स्थिती ठिक नभएकोले शिव दाई घरमै आराम गरिरहेका थिए, “ अब प्रधानमंन्त्रीलाई नै भेटि हल खोल्न अनुरोध गर्नु पर्यो भने पछि तत्कालनै प्रधानमंन्त्री ज्यूका पि.ए.लाई फोन गरि आफ्नो स्वास्थको परवाहनै नगरि प्रधानमंन्त्रीज्यू लाई भेटी हल खोल्न आग्रह गर्नु भयो। प्रधानमंन्त्रीज्यूले पनि शिव दाईको आग्रहको स्वागत गर्दै हल खोल्ने प्रतिवध्ता जाहेर गर्नुभयो र त्यतिदिन मंन्त्री परिषदको बैठकबाट हल खोल्ने निर्णय पारित भयो र हल खुल्यो।
“एउटा यस्तो प्रेम कहानी” निर्माण पक्ष सुरु देखि नै सर्भरवाला ले दुःख दिन थालेको बताउछन्, नेपालका सिंगल थेटर्रहरुमा क्युजको सर्भर प्रयोग हुने रहेछ, जसको ईन्कोडिङ्ग भारतको मुम्बइमा लगेर गराउनु पर्दछ, जसको लागि निर्माता स्वयमंले ईन्कोडिङ्ग गरेको र हार्डडिस्क लिएर जानेको आते- जातेको खर्च दिनु पर्ने रहेछ, सोको खर्च रकम झण्डै लाख रुपैंया पर्ने रहेछ। त्यो दिंदा पनि कहिले के, कहिले के भनेर दुःख दिएको निर्माण पक्ष बताउछन्।त्यति गर्दा पनि हलहरु सम्म सिनेमा नपुगेको पिडा हामी समक्ष पोखेका छन्।जो ब्यक्तिले आफ्नो फिल्म ईन्कोडिङ्गको लागि लगेको थियो उसैले हिन्दी फिल्म “मास्टर”को हार्डडिस्क बोकेर आएको बताएका थिए। ईन्कोडिङ्ग भएर आएपछि “ हाम्रो फिल्ममा १० वटा प्राविधिक समस्या आउने , र हिन्दी फिल्ममा नआउने?
आखिर ईन्कोडिङ्ग त उही कम्पनीले गरेको को हो, हाम्रो फिल्ममा मात्र कसरी प्राविधिक समस्या आयो ?” बिकास बोर्डले सुरुमा भन्ने बेलामा एक महिना सम्म कुनै फिल्म लगाउन दिन्न भन्ने सोही दिन हिन्दी फिल्मको सेन्सर पास गर्ने , यो कस्तो न्याय हो? के हल खोल्न मात्र शिव दाईलाई प्रयोग गरिएको हो त?









0 comments:
Post a Comment