यो मन त मेरो नेपाली हो


सिनेमा हल खोल्दा के वितरक र हल वाला मात्रै खुशी हुने हो र ? यो प्रश्न कसलाई गर्ने ? / फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ शुभकामना

बिचार 

बल्ल तल्ल बामे सरेर अघि बढेको नेपाली सिनेमा नगरी अहिले पुन कोखमा नै पुगेको छ । ९ महिना देखि सिनेमा हल संचालनमा आएका छैनन्ब।क्स आफिस कलेक्सन करोडौको हुँदै आएको नेपाली सिनेमा नगरी अहिले हजारौमा झरेको छ  । 

पौष १० गतेबाट चलचित्र घर संचालनमा आए पनि नेपालका धेरै सिनेमा घर बन्दको स्थितिमा पुगेको छ भने सिनेमा नगरीमा प्राबिधिक पाटो तथा कलाकारितामा लागेकाहरु आफ्नै ब्याबसाय  तर्फ पनि लागेका छन । ९ महिना पछी खुलेका सिनेमा हलहरुमा पुराना फिल्म रिपिट लगाउदा पनि सिनेमा हल खुलेको जानकारी आफ्ना लाखौ फ्यान भएका फेसबुक पेज तथा सामाजिक संजालबाट नेपाली कलाकारहरुले दिन सकेका छैनन ,छैनन भनौकी नचाहेका त्यो बिचार नै गर्न पर्छ , सिनेमा हल खोल्दा के वितरक र हल वाला मात्रै खुशी हुने हो र ? यो प्रश्न कसलाई गर्ने ? अहिले फिल्ममा काम गर्ने धेरै कलाकार , नायक , नायिका म्युजिक भिडियो तिर व्यस्त छन तर फिल्म नगरीको चिन्ता खासै लिएको भने देखिदैन ।

 सिनेमा हल संचालनमा आए पनि अहिले हल सम्म दर्शक तान्ने बारे कसैले पनि एउटा सटिक धारणा बनाउन सकेका छैनन । जे भएपनि बिस्तारै नयाँ सिनेमा लगाउन पर्छा दर्शक तान्न पर्छ भन्ने मान्यताया राख्दै करोडौको लगानी रहेको अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते बाट देशैभर प्रदर्शनमा आउने भएको छ। तर यो सिनेमा रिलिज हुँदै गर्दा सिनेमा नगरीमा काम गर्ने , निर्माण गर्ने तथा नेपाली सिनेमा नगरीमा कलाकारिता गर्ने ती कलाकारहरुले पनि उक्त सिनेमाको पोष्टर त के सिनेमालाई शुभकामना पनि दिएका छैनन । आफ्नो लाखौको फ्यान भएको फेसबुक पेज . इन्स्टा तथा अन्य सामाजिक संजालहरुमा आफ्नो टिक टक तथा फोटो पोस्ट गर्न ब्यस्त छन । अहिले त् झन् साथि भाईको  म्युजिक भिडियोको पोस्टर सार्वजनिक गर्न फुर्सद छैन । जे होस् वाहाहरुको आफ्नो अधिकार र इछ्याको कुरा हो जे सेर गरेपनि , तर हाम्रो भन्नु यत्तिहो नेपाली सिनेमा नगरीलाई पहिलेको अवस्थामा फर्काउन आफ्नो तन मन सबै सुम्प्पिनुहोस किनकि नेपाली सिनेमा रहे न तपाई कलाकार , प्राबिधिक ,नायक ,नायिका हुने हो नि हैन ?

माघ १  गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा  ‘एउटा यस्तो प्रेम कहानी’ लाई ब्यबसायिक सफलताको शुभकामना छ , स्मरण रहोस यस सिनेमामा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइरालालगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।  दीपेश सापकोटाले निर्देशन गरेको फिल्म फिस्टेल मुभिजको ब्यानरमा बनेको हो । यशोदा राई र दिनेश दर्शनधारी फिल्मका निर्माता हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर फिल्मका सह–निर्माताको रुपमा रहेका छन् ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add