यो मन त मेरो नेपाली हो


सलोन बस्नेत अभिनित फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ सुरु

 प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ । पहिलो दिनको सुटिङ ललीतपुरको गोदावरीमा गरिएको थियो । जसमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सानीया खानबीचका प्रेमील दृश्य कैद गरिएको जानकारी फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले दिएका छन् । 

मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ,सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर,बिबेक रामदाम,ममता पौडेललगायतका कलाकारको अभिनय रहने फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन् ।

कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाह सहनिर्माता रहेको फिल्म काठमाडौ र गाइघाटमा खिचिने छ ।

सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्ने छन । देव महर्जनले द्धन्द्ध निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add