यो मन त मेरो नेपाली हो


‘जब सम्म छौ मेरो साथ ‘ भन्दै चलचित्र ‘हिटलर’मा समावेश ‘ गीत रिलिज (भिडियो)

 काठमाडौँ। चलचित्र ‘हिटलर’मा समावेश ‘जब सम्म छौ’बोलको गीत सार्वजनिक गरिएको छ। सनुप पौडेल र आकान्क्षा बस्यालको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द तथा संगीत लोचन घिमिरेको रहेको छ। सोहित मानन्धर र सामिया बर्तौला फिचर्ड गीतको भिडियो रारामा छायाँकन गरिएको हो। 

अरुणराज पौडेलले छायाँकन गरेको चलचित्रको गीतमा राराका सुन्दर दृश्यहरु कैद ग
रिएका छन्। कृष्णअछामीले कोरियोग्राफी गरेको भिडियोमा सोहित मानन्धर र सामिया बर्तौलालाई मायालु जोडीको रुपमा प्रस्तुत गरिएको छ।चिनी माया मानन्धर निर्माता रहेको चलचित्र ‘हिटलर’ लाई सौरभ ढकालले निर्देशन गरेका हुन्। चलचित्र लाई मित्र डि.गुरुङले सम्पादन गरेका छन्। केहि बर्ष पहिले नै छायाँकन सम्पन्न भएको चलचित्र कहिले प्रदर्शन हुने टुंगो छैन।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add