यो मन त मेरो नेपाली हो


 

ओक्कल दोक्कल’ ट्रेण्डिङको शिर्ष स्थानमा / सहिमा र सन्दिपको चर्चा यूटबमा

 सहिमा श्रेष्ठ र सन्दिप न्यौपानेको स्वरमा रहेको गीत ‘ओक्कल दोक्कल’को भिडियो युट्युब न. १ ट्रेण्डिङमा परेको छ । भिडियो सार्बजनिक भएको छोटो समयमा लाखौ दर्शक स्रोताको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन ।

दर्जनौ चर्चित गीतमा स्वर भरेर दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायिका सहिमा र गायक सन्दिप न्यौपाने पछिल्लो समय चर्चामा रहेका छन् । बालापनको यादलाई ताजा गराउँदै उनीहरुले दशैं कोसेली स्वरुप नवमीको दिन ‘ओक्कल दोक्कल’को भिडियो सार्वजनिक गरेका थिए ।

गायक सन्दिप न्यौपानेको शब्द तथा गोबिन्द मधुर आचार्यको सङ्गीत रहेको यस गीतको भिडियोमा पवन सुसलिङको छायांकन रहेको छ भने सरोज अधिकारीको निर्देशन छ । भिडियोमा जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add