यो मन त मेरो नेपाली हो


 

फिल्म लक्ष्मी बम विवादमा परे पछि नाम नै चेन्ज

 बलिउड अभिनेता अक्षय कुमारको फिल्म लक्ष्मी बमको नामको विषयमा चलिरहेको विवादका बीच फिल्म निर्माण टिमले फिल्मको नाम फेरेको छ । अब यो फिल्मको नाम ‘लक्ष्मी’ राखिएको छ । यो फिल्म अर्को महिना ओटीटीमा रिलिज हुँदैछ । यो फिल्म विगत केही समयदेखि विवादमा छ । पहिले यो फिल्मलाई यसको नामका कारण ट्रोल गरिएको थियो । फिल्मको ट्रेलर रिलिज भएपछि यो फिल्ममाथि लभ जिहादलाई बढावा दिएको आरोप लाग्यो ।फिल्म निर्माण टिमलाई श्रीराजपुत करणी सेनाले एक कानुनी नोटिस पनि पठाएको थियो । नोटिसमा फिल्मको नाम बदल्न माग गरिएको थियो । कानुनी नोटिसमा माता लक्ष्मीको नाम बमसँग जोडेर लक्ष्मीको अपमान गरिएको दावी गरिएको थियो । यो फिल्म २०११ मा आएको तमिल फिल्म कंचनाको रिमेक हो । फिल्मको नामको विषयमा निर्देशक राघव लरेन्सले भने ‘तमिल फिल्मको नाम फिल्मको मुख्य पात्र कंचनाको नामबाट राखिएको थियो । कंचनाको अर्थ सुन हुन्छ जसको माता लक्ष्मीसँग सीधा सम्बन्ध हुन्छ ।’

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add