काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिसेष संदेश समेत बोक्ने छ। चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन। सागर प्रधानले छायाँकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राबिधिकहरु फाईनल हुन बाँकि रहेको छ। फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
0 comments:
Post a Comment