यो मन त मेरो नेपाली हो


 

नेवारी भेषभुषामा ठुम्का मार्दै सन्तोषसंग पुजा

 काठमाडौँ। अभिनेत्री पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ । सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अभिनेत्री पुजा शर्मा पहिलोपटक नेवारी भेषभुषामा देखिएकी छिन् । गीत सार्वजनिक भएपछि पुजाले भनिन्, ‘पहिलोपटक यस्तो किसिमको गीतमा काम गरेँ, वास्तबमै मज्जा आयो ।’यो गीतको भिडियो ललितपुरको मंगलबजारमा छायांकन गरिएको हो । २ दिन लगाएर खिचिएको गीतको भिडियोमा पुजा र सन्तोषको केमेस्ट्रि निकै सुहाएको छ । गीतको भिडियोलाई चलचित्र सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । उनका लागि पनि यो गीतको भिडियो चुनौतिका रुपमा बजारमा आएको छ । किनभने, यसअघि उनले कुनै गीतको निर्देशन गरेका छैनन् ।


निर्मल विकको शब्द, संगीत तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन, मिलन श्रेष्ठ र शाहिल खानले संयुक्त रुपमा सम्पादन गरेका छन् ।

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add