यो मन त मेरो नेपाली हो


अभिनेत्री दीपिकाको म्यानेजरको घरबाट ड्रग्स बरामद

 बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार छापा मारेर ड्रग्स बरामद गरेको छ । यससँगै ब्यूरोले करिश्मालाई फेरि सोधपुछको लागि बोलाएको छ । यसअघि पनि २ पटक करिश्मासँग सोधपुछ भइसकेको छ । एक पटकको सोधपुछमा करिश्मासँग दीपिकालाई पनि राखिएको थियो । जानकारीका अनुसार छापा मार्दा करिश्मा घरमा थिइनन् ।
एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेने एक भारतीइ अखबारसँग कुरा गर्दै बिहीबार बिहान करिश्मालाई सोधपुछका लागि एनसीबीओ कार्यालयमा उपस्थित हुन नोटिस जारी गरिएको छ ।



 केही दिन पहिले दीपिका र करिश्माबीच ड्रग्सका विषयमा च्याटमा कुरा भएको पाइएको थियो । यसअघिको सोधपुछमा दीपिकाले च्याटमा चुरोटको बारेमा कुरा भएको दावी गरेकी थिइन् तर अब ड्रग्स नै भेटिएपछि भने उनी थप समस्यामा पर्न सक्छिन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add