यो मन त मेरो नेपाली हो


मल्टी काष्ट सहित नेपाली वेव सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक

 नेपाली वेव सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार वेव सिरिजको ट्रेलर ओएसआर डिजिटलको यु्टयुबमा सार्वजनिक गरिएको हो। यो वेव सिरिज चाँडै ओएसआरकै युट्युबमार्फत प्रसारण हुने तयारीमा छ।
यस वेव सिरिजमा दर्शकमाझ चिनिएका कलाकारहरुको अभिनय छ। सिरिजमा सम्पदा बानियाँ, दिवस धिताल, सुशील पोखरेल, धु्रव कोइराला, विशाल पहाडी, अनिता के.सी., गोकुल सुवेदी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिग्देल, सोनु बिसी, पूनम गौतम, राजाराम गौतम, राज कुमार दर्जीको अभिनय छ। सिरिजलाई मौनता श्रेष्ठले लेखेका हुन्।

 एनवी महर्जन र उनको टिमले निर्माण रहेको ‘सतरञ्ज’को निर्देशक पनि एनबी महर्जन नै हुन्। प्रज्ज्वल राउत गोकुुलको छायाँकन रहेको वेव सिरिजमा विश्व माझी चिफ ए.डी., शंकर महर्जन द्धन्द्ध निर्देशक, संजोग राना एसोसियट निर्देशक रहेका छन्। सत्यम राना र वसन्त घर्ती मगरको भिएफएक्स रहेको सिरिजको सम्पादन जिम्मेवारी सुवास देवकोटाको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add