यो मन त मेरो नेपाली हो


अभिनेत्री निरिषा बस्नेतको हिन्दि सिरियल ‘तेनाली रामा’

 नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् ।
उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीवार प्रोमो सार्वजनिक भएको छ । जसमा निरिषाको चरित्रचित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् । सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ
सोमवार र शुक्रवार ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरेकी थिइन् । यसमा उनको मुख्य भूमिका थियो । यसपछि उनले नेपाल आएर चलचित्र ‘जानी नजानी’ मा काम गरेकी थिइन् । अहिले भारतको मुम्बईमा बस्दै आएकी बस्नेतले लकडाउनअघि एक साउथ फिल्म साइन गरेकी उनी बलिउड प्रवेशका लागि पनि प्रयास गर्दैछिन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add