यो मन त मेरो नेपाली हो


कोरोनाविरूद्धको रसियन खोपले जगायो आश, सबैमा एन्टीबडी विकास गरेको बैज्ञानिकहरुको दाबी

एजेन्सी, भदौ २० । रसियाले निर्माण गरेको कोभिड–१९ खोप (स्पुतनिक–५)ले प्रारम्भिक चरणका सबै सहभागीमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरिएको छ ।

चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले रसियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपले शरीरमा एन्टीबडी सफलतापूर्वक विकास गरेको जनाएको हो ।यद्यपि, अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले भने यो खोपप्रति आशंका व्यक्त गर्दै आइरहेका छन् । मस्कोले भने खोपका आलोचकहरूलाई जर्नलले नै जवाफ दिएको टिप्पणी गरेको छ ।

जर्नलले लेखेको छ, दुई वटा परीक्षणमा सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकास गरेको छ ।लानसेन्ट जर्नल लेख्छ, ‘४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीमा एन्टीबडी बनाएको पाइयो ।’

रुसले यसै वर्षको जुन–जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण थालेको रसियाले अगस्टमा भने दुई मात्राको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो ।कोरोनाविरूद्धको खोप तयार पारेर आमप्रयोगका लागि अनुमति दिने रुस विश्वको पहिलो मुलुक हो ।जर्नलले कोभिड १९ को संक्रमणलाई रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक तुलनासहितको व्यापक दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक पर्ने पनि औल्याएको छ ।केही पश्चिमा विज्ञहरूले भने अन्तर्राष्ट्रिय रूपमा खोपको प्रमाणिक परीक्षण र नियमन बिना प्रयोग गर्न दिँदा खतरा हुनसक्ने तर्फ सचेत गराएका छन् ।

रुसका एक वरिष्ठ अधिकारीले भने अन्तर्राष्ट्रिय स्तरमा नै विश्वसनीय रहेको जर्नलले समीक्षा प्रकाशित गरेकाले विदेशी आलोचकका लागि राम्रो जवाफ भएको जनाएका छन् ।पछिल्लो हप्ता रसियाले करिब ४० हजार मानिसमा यसको पछिल्लो चरणको परीक्षण शुरु गरेको जनाएको छ ।जोन्स हप्किन्स ब्लुमवर्ग स्कूल अफ पब्लिक हेल्थ, अमेरिकाको इन्टरनेशनल भ्याक्सिन एक्सेस सेन्टरका प्रमुख लेखक डा. नोर बारजीभले प्रारम्भिक परीक्षणको नतिजालाई ‘उत्साहजनक तर सानो’ भन्ने प्रतिक्रिया दिएका दिनुभएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add