यो मन त मेरो नेपाली हो


रातो मच्छिन्द्रनाथको रथ भदौ २१ गते तानिने

ललितपुर । रातो मच्छिन्द्रनाथको रथ भदौ २१ गते आइतबार तानिने भएको छ । रथ तान्ने विषयमा प्रहरीसँग झडप भई स्थिती तनावग्रस्त भएपछि बसेको सरोकारवालाहरुको बैठकले २० गते शनिबार क्षमा पूजा गर्ने र २१ गते पुल्चोकबाट अलिकति रथ तान्ने निर्णय गरेको हो ।

बैठकमा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी, ललितपुर प्रहरी प्रमुख, ललितपुरका सभासदहरु, ललितपुर महानगरपालिकाका प्रमुख लगायतका स्थानीय जनप्रतिनिधि, गुठियार र सरोकारवालाको उपस्थिती थियो ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार २० गते शनिबार क्षमापूजा गर्ने, २१ गते रथ तान्ने र २२ गते पुनः सम्बन्धित पक्षले मुख्य पूजा गरेपछि रथजात्रा समापन गर्ने र साइत निस्किएपछि मच्छिन्द्रनाथलाई बुङमती लैजाने सहमति भएको छ ।
विगतका वर्षहरुमा ललितपुरका विभिन्न टोलमा रथ रोकेर त्यहाँका बासिन्दाले तान्ने चलन रहेकोमा यस वर्ष भने सबै टोलका निश्चित व्यक्तिहरुको सहभागितामा रथ तानिनेछ । तर यसवर्ष भोटो भने नदेखाइने भएको छ ।

साथै तनावग्रस्त स्थिती सहज बनाउनका लागि १९ गते शुक्रबार एक दिन बिहान ४ देखि राती १० बजेसम्म ललितपुरको चक्रपथ भित्र कर्फ्यू लगाइएको ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

कर्फ्यूका समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्रेस र अत्यावश्यक बाहेक अन्य सवारीसाधनहरु सञ्चालनमा बन्देज लगाइएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add