यो मन त मेरो नेपाली हो


सुशान्तसिंह राजपूत मृत्यु प्रकरण : विद्या वालनको बेग्लै प्रतिक्रिया

 जुन १४ मा आफ्नै निवासमा मृत अवस्थामा फेला परेका बलिउड कलाकार सुशान्तसिंह राजपूत मुद्दामा यतिबेला सीबीआई, ईडी र एनसीबीले छानविन गरिरहेको छ ।सुशान्तको मुद्दामा उनकै प्रेमिका रिया चक्रवर्तीलाई पनि अभियुक्त बनाइएको छ । सुशान्तका पिताले रियासहित ६ जनाविरुद्ध पटनामा उजुरी दिएपछि छानविन फरक कोणबाट भइरहेको छ ।

सीबीआईसहित तीनवटा निकायले छानबिनको जिम्मेवारी लिएका छन् । शुसान्त मृत्यु प्रकरणका बारेमा धेरै कलाकार मौन छन् ।तर यो साता अभिनेत्री विद्या बालनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् । विद्याले रियाको पक्षमा आफ्नो धारणा राखेको भारतीय मिडियाहरुले जनाएका छन् ।आरोप लागेकै भरमा रियामाथि भइरहेको मिडिया ट्रोलको विरोधमा विद्याले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया दिएकी हुन् ।

सुशान्तको निधन मिडिया सर्कस बनिसकेको र रियामाथि आरोपप्रत्यारोप र घटिया कुराले मेरो मन दुखेको विद्याको भनाइ छ ।विद्याले कानुन अनुसार काम गर्न दिन पनि माग गरेकी छन् । संवैधानिक अधिकारका लागि केही सम्मान देखाउन उनले सबैमा अनुरोध गरेकी छन् । एजेन्सी
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add