यो मन त मेरो नेपाली हो


नव गायिका अश्मिता परियारको नयाँ गित “कुन सुरुवात”

नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अश्मिता परियार । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरुको आगमन भयो तर धेरै आए कमैले सफलता पाए । तर यहि भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अश्मिता परियारको ।


आधा दशक भन्दा लामो समय संगीतमा लगाव राख्नुभएको अश्मिता ललित कला नेपाल एकेडेमीमा संगितको अध्यापन गरिरहनु भयको  छ र उनले संगीता राणा प्रधान र लावणी चक्रवर्ती संग पनि शास्त्रीय संगीत सिकिरहनु भएको छ र यिनै नव गायिका अश्मिता परियारको नयाँ गीत सार्वजनिक भएको छ । र गीत हो “कुन सुरुवात” ।गायिका अश्सांमिता परियारको "कुन सुरुवात " बाट नेपाली सांगीतिक आकाशमा सांगीतिक यात्रा  तय भएको छ । सांगीतिक  करिएरमा आफ्नो पहिलो कोसिस लिएर आउनुभएको गायिका परियार गीत  “कुन सुरुवात” ले रेकर्ड पश्चात सबै बाट राम्रो तारिफ पाएको थियो र यहि गीतलाई ट्रि ईन्टरटेनमेन्टको युट्ब च्यानलमा मार्फत शनिबार भिडियो सहितको गीत सार्वजनिक गरिएको छ ।

शनिबार सार्वजनिक भएको गीतमा  शब्द प्रतिमा श्रेष्ठको रहेको  छ भने अनिल शाहीको संगित रहेको छ ।संगीतकार अनिल शाही कै आफ्नै स्टुडियो ब्लु बेरी स्टुडियोमा रेकर्ड गरिएको थियो ।
 गितको भिडियो लाई टैवा प्रोडक्सनका लागी शान थापाले र्निदेशन गरेका हुन ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add