यो मन त मेरो नेपाली हो


आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुर्हुत

कोरोनाका कारण बिगत ६ महिना यता चलचित्रसम्बन्धी औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिबिधि पनि बढ्न थालेको छ । जसअनुरुप चलचित्रसम्बन्धी पहिलो औपचारिक कार्यक्रम सोमबार राजधानीमा आयोजना गरियो । कार्यक्रम हो, नयाँ चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुहुर्त ।


नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशनमा निर्माण हुने प्रेमकथानक चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुर्हुत समारोेहमा भौतिक दुरी कायम राख्दै करिब पाँच दर्जन संचारकर्मी उपस्थिति थिए । चर्चित संचारकर्मी नरेश भट्टराईले संचालन गरेका कार्यक्रममा उनले झण्डै ६ महिनापछि रंगपत्रकारको बाक्लो उपस्थिति भएको देख्दा निकै खुशी लागेको बताए ।

असोज दोश्रो साताबाट छायांकन थालिने ‘हिड्दा हिड्दै’ मा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाका साथमा नवनायिका रेखा शाह प्रमुख भूमिकामा छन् । चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा सम्पन्न मुर्हुत सर्टमा आकाश, रेखा र सलोनले अभिनय गरेका थिए । मुर्हुत सर्टमा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कार लामाले क्यामेरा स्वीन अन गरेका थिए भने अर्का पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीले क्ल्याप दिएका थिए । त्यसैगरी, नरिवल फोड्ने काम भने चलचित्र पत्रकार संघका महासचिव तथा चलचित्र निर्देशक समीर बलामीले गरेका थिए ।

दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता र सुशील पंगेनी प्रस्तुतकर्ता रहेको चलचित्रको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् । काठमाडौ उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन,बसन्त सापकोटाको संगीत,कविराज गहतराजको नृत्य निर्देशन, अमृत महरठ्ठाको मेकअप,निरञ्जन घिमीरेको ड्रेस, मधुराज भण्डारीको हेयर ड्रेसिङ रहने छ । सुमनकुमार तण्डुकारले खिच्ने चलचित्रको मुख्य सहायक निर्देशकमा यम भण्डारी र राजकुमार थिंङ अनि सहायक निर्देशकमा भुपेन्द्र भुजेल र फणिन्द्र बोहरा छन् ।

कार्यक्रममा अभिनेता आकाशले चलचित्रमा आफू लभर ब्वाइको भूमिकामा रहेको खुलाए । त्यसैगरी अर्का अभिनेता सलोनले चलचित्रमा आफू दर्शकलाई हसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने बताए । नवअभिनेत्री रेखाले ‘हिड्दा हिड्दै’ ले आफूलाई कुशल अभिनेत्रीका रुपमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add