यो मन त मेरो नेपाली हो

युवा नेता रुमेश कटुवालको सहयोग नेपाल भोलेन्टिएर लाई / दिए ८ सय जनालाई एक हप्ता पुग्ने रासन


राजधानीको बिभिन्न ठाउमा कोरोना संक्रमितको संख्या बढे लगत्तै र बन्दाबदिको स्थिति यथावत रहदै गर्दा गरिब , बिपन्न तथा मजदुरहरुको दैनिकी खानपानमा  निकै गाह्रो परेको अवस्था हुँदै गर्दा  जनजीवन कष्टकर बनिरहेको बेला सहयोगीहरु पनि कम हुँदै गैरहेको अवस्थामा राष्ट्रिय युवा संघका युवा नेता , समाजसेवी तथा ब्याबसायी रुमेस कटुवालले नितान्त  व्यक्तिगत सहयोग कार्यक्रमलाई अघि बढाई रहनु भएको छ ।
   गत केहि दिनअघि  युवा नेता कटुवालले ३१ ओडामा खाद्यान्न र मृगौला पिडित बुद्धनगरका एक परिवारलाई पनि महिना भरको रासन साहयोग गरेका थिए   । त्यस्तै काठमान्डूको १० न वडाको पंचकुमारी टोल समाजलाई पनि खाद्यान सहयोग गरिसकेका छन त्यस्तै शनिबार उनले नेपाल भोलेन्टिएर संस्था मार्फत भक्तपुमा रहेका सडक मानिसहरूलाई राहत सामाग्री चामल (२०बोरा) तेल २(काटुन),(दाल ५०केजि) नुन १ बोरा,मसेउरा २ बोरा लगाएतको सामग्री सहयोग गरेका छन । शनिबार एक कार्यक्रमका बीच समाजसेवी तथा ब्याबसायी रुमेस कटुवालले नेपाल भोलेन्टिएर संस्था अधक्ष्य सन्तोष निरौला लाई सहयोग हस्तान्तरण गरेका हुन । सहयोग ग्रहण गर्दै अधक्ष्य निरौलाले भने " रुमेश जी को सहयोगले अब हामीलाई धेरै सहयोग पुगेको छ , रुमेश जी  जस्तो मनकारी दाता हामीले थोरै मात्र भेट्छौ " उनले भने ।  तयस्तै  समाजसेवी तथा ब्याबसायी रुमेस कटुवालले सहयोग अपुग भएको खण्डमा निसंकोच खबर गर्न पनि भन्नु भयो ।  "म दुखि र दुखमा परेको मान्छे देख्न सक्दिन , र सहयोगमा अघि बढेको हुँ " उनले भने  . कटुवालले अहिले सम्म १६ पटक राहत सहयोग गरिसकेका छन । 

माहामारीको यस समयमा पार्टीगत भन्दा मानबियतालाई ध्यानमा राखी सहयोग गरेको बताउदै नेता कतुवाले दैनिक जस्तो राहत सहयोग कार्यक्रम अघि बढाई रहनु भएको छ । सोमबारको सहयोग कार्यक्रममा उनले अब आफुले वृद्धा आश्रममा सहयोग गर्ने  चाहना ब्यक्त गर्नुभएको छ  ।
यस बन्दाबन्दीको समयमा पनि आफ्नो निजिकारमा पूर्ण सुरक्षित हुँदै  युबा नेता कटुवालले सहयोगको क्रमलाई अघि बढाउदै आउनु भएको छ  । उनले अघि भन्नु भयो  " म यो संकटको घडीमा  दुखमा परेका लाई सहयोग गर्ने कुरामा पछी हट्दिन  उनले भन्नु भयो ।  साथै हामि संगको भेटमा उनले भने " जो साचिक्कै समस्यामा छ मलाई जानकारी गराउनु होला म सक्दो सहयोग गर्छु "  ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add