राजधानीको बिभिन्न ठाउमा कोरोना संक्रमितको संख्या बढे लगत्तै र बन्दाबदिको स्थिति यथावत रहदै गर्दा गरिब , बिपन्न तथा मजदुरहरुको दैनिकी खानपानमा निकै गाह्रो परेको अवस्था हुँदै गर्दा जनजीवन कष्टकर बनिरहेको बेला सहयोगीहरु पनि कम हुँदै गैरहेको अवस्थामा राष्ट्रिय युवा संघका युवा नेता , समाजसेवी तथा ब्याबसायी रुमेस कटुवालले नितान्त व्यक्तिगत सहयोग कार्यक्रमलाई अघि बढाई रहनु भएको छ ।
गत केहि दिनअघि युवा नेता कटुवालले ३१ ओडामा खाद्यान्न र मृगौला पिडित बुद्धनगरका एक परिवारलाई पनि महिना भरको रासन साहयोग गरेका थिए । त्यस्तै काठमान्डूको १० न वडाको पंचकुमारी टोल समाजलाई पनि खाद्यान सहयोग गरिसकेका छन र हालै उनले सोमबार राजधानीको नयाँ बानेस्वर देउराली क्लब नजिक रहेको हन्ड्रेड ग्रुपलाई सोमबार थुप्रै परिणाममा खाद्यान्न् सहयोग गर्नु भयो । हन्ड्रेड ग्रुप्सले राजधानीको बिभिन्न स्थानमा सर्वसाधारणहरुलाई खाना बनाएर खुवाउने गर्दै आएको छ । यस सामाजिक सहयोग ग्रुपले पशुपति . कलंकी , कालिमाटी तथा रत्नपार्कका बिभिन्न सर्वसाधारणहरुलाई दैनिक खाना खुवाउदै आएको छ . नेता कटुवालको सहयोगले यस ग्रुप्सले थप केहि हप्ताको लागी खाद्यान्न पाएकोमा आफुहरु खुसि रहेको बताए ग्रुपका एक सदस्य उमेसले हामि संग भने , रमेश जिको यो सहयोगले भोलि देखि के खुवाउने भन्ने कुराको चिन्ता हट्यो उनले भने ।

माहामारीको यस समयमा पार्टीगत भन्दा मानबियतालाई ध्यानमा राखी सहयोग गरेको बताउदै नेता कतुवाले दैनिक जस्तो राहत सहयोग कार्यक्रम अघि बढाई रहनु भएको छ । सोमबारको सहयोग कार्यक्रममा उनले अब आफुले वृद्धा आश्रममा सहयोग गर्ने चाहना ब्यक्त गर्नुभएको छ ।
यस बन्दाबन्दीको समयमा पनि आफ्नो निजिकारमा पूर्ण सुरक्षित हुँदै युबा नेता कटुवालले सहयोगको क्रमलाई अघि बढाउदै आउनु भएको छ । उनले अघि भन्नु भयो " म यो संकटको घडीमा दुखमा परेका लाई सहयोग गर्ने कुरामा पछी हट्दिन उनले भन्नु भयो । साथै हामि संगको भेटमा उनले भने " जो साचिक्कै समस्यामा छ मलाई जानकारी गराउनु होला म सक्दो सहयोग गर्छु " ।
0 comments:
Post a Comment