यो मन त मेरो नेपाली हो

कलाकार,निर्माता एबं पत्रकार देब लामाको उपचारको लागी सहयोग हस्तान्तरण सम्पन्न

नेपाली चलचित्र नागरिका पुराना कलाकार , निर्माता एबं पत्रकार देब लामाको उपचारको लागी बुधबार निर्माता ,कलाकार तथा समाजसेवी सुशान्त श्रेष्ठको अगुवाईमा सहयोग हस्तान्तरण गरिएको छ।

हेटौंडा ८ कमाने घर भै हाल कलंकी काठमाडौं बस्दै आईरहनु भएका पत्रकार, निर्माता तथा कलाकार देव लामा  बिगत लामो समय देखी ब्रेनहेमरेजको बिमारी हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएको लामाको उपचार खर्च नि अभाब भएको थाहा पछी कलाकार तथा निर्माता शुशान्त श्रेष्ठले आफ्नै व्यक्तिगत पहलमा बिभिन्न सहयोगीहरुबाट आर्थिक संकलन गरेर बुधबार लामा कै डेरामा पुगी सहायो हस्तान्तरण गर्नु भएको छ ।
बुधबार बिरामी देब लामाको कोठामा पुगी बिभिन्न सहयोगीहरुबाट उठेको रकम नगद चौसठी हजार (६४ .०००)  र  मिति २०७७/०२/२७ गते बसेको चलचित्र बिकास बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषबाट  प्राप्त रु ९५,००० रुपैया चलचित्र  बिकाश बोर्ड अध्यक्ष दयाराम दाहाल ,बरिष्ट कलाकार बसुन्धरा भुसाल कलाकार संघका अधक्ष्य रबिन्द्र खड्का ,मकवानपुरे समाज काठमाण्डौका अधक्ष्य अरुण कुमार गुरुङ र नेपाल चलचित्र प्राबिधिक संघका अधक्ष्य पुस्कर लामा र निर्माता तथा कलाकार सुशान्त श्रेष्ठले हस्तातरण गर्नु भयो ।
हाल प्यारालाईसिस अवस्थामा रहेका देब लामालाई खाना पनि घांटीबाट खुवाउन पर्ने अवस्था रहेको छ । आर्थिक स्थिति नाजुक भएको लामाको श्रीमतीले श्रीमानको यस्तो स्थितिले गर्दा आफु पनि कम्जोर भएको भन्ने दुख ब्यक्त गरिन त्यो दुख देख्न नसकेपछि मैले मेरै जिल्लाबासि दाजु भएकोले मैले व्यक्तिगत पहलमा सहयोग अघि बढाए र केहि सफलता पनि हात पारे " नेपाली कांग्रेश जिल्ला सदस्य तथा सांकृतिक बिभाग प्रमुख कलाकार तथा निर्माता शुशान्त श्रेष्ठले भन्नु भयो  ।


 यो पटक मलाई सहायो गर्नुभएको सबैलाई धेरै धेरै धन्यबाद र अन्य सहयोगीहरुलाई पनि सहयोगको अपिल गर्दछु उनले भने  ।
सहयोगीहरुको नाम यसप्रकार रहेको छ
सुजीत बानिया ,हेटौडा हाल अष्ट्रेलिया
दिपक भट्ट ,हेटौडा हाल अमेरिका
रबि कुमार श्रेष्ठ , हेटौडा ५
राजुलाल श्रेष्ठ , हेटौडा ४ हाल काठमाण्डौ
अमित घतानी , हेटौडा , हाल बिराटनगर
बाबुराम खातियोड़ा ,हेटौडा १८
सोनु मगर ,हेटौडा ९
यतिराज दंगाल , हेटौडा ४
केदार अधिकारि , हेटौडा १८
सरोज पुडासैनी ,हेटौडा २ हाल कतार
दिनसन बोहरा ,झापा हाल कतार
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add