यो मन त मेरो नेपाली हो

निर्देशक भोला सुबेदीको 'मलाई नालापानी - लिपुलेक हेर्न मन छ' सार्वजनिक / भिडियोमा राष्ट्रिय स्तरको कलाकारहरु

भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै बिरोध गरेका छन् । भारतले पटक पटक नेपाली भुमि मिच्दै आएको छ ।यसै बिषयमा रहेर गायक अस्मिन घिमिरेले 'मलाई नालापानी - लिपुलेक हेर्न मन छ' बोलको  गीतको भिडियो सार्वजनिक गरिएको छ ।

एकदमै समय सान्दर्भिक तथा देशभक्ती राष्ट्रिय गीतलाई गायक घिमिरेले लेखेका हुन् ।कपिल घिमिरेको संगीत रहेको यस गीतलाई प्रकाश केसीले एरेन्ज गरेका हुन् ।गीतमा चर्चित कलाकारहरु दीपकराज गिरि ,दीपाश्री निरौला ,सलोन बस्नेत ,निर्मल शर्मा ,शोभित बस्नेत ,बद्रि पगेनी ,जयकिसन बस्नेत ,जहान्वी बस्नेत,अनुप भट्टराई, अर्जुन भुषाल,उत्सव अधिकारी ,पुस्कर लामा ,काब्य कार्की ,दीपक राज पाठक,सुदिर नेपाल ,कृष्ण भट्टराई अस्मिन घिमिरेको अभिनय रहेको छ ।

रबि अधिकारीको कन्सेप्ट रहेको  'मलाई नालापानी- लिपुलेक हेर्न मन छ' गीतको भिडियोलाई भोला सुबेदी (आर जे  प्रनाप)ले निर्देशन तथा सम्पादन गरेका हुन् ।राजिव बस्नेत र भोला सुबेदीको छायांकन गरेको यस गीतलाई उषा थापाले निर्माण गरेकी हुन् ।सार्वजनिक भिडियो नमस्ते फिल्मी टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add