यो मन त मेरो नेपाली हो

‘कोपिला’ लकडाउनले गर्दा हलमा प्रदर्शन नगरि सिधै डिसहोममा रिलिज

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ । दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन् । बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने भएका हुन् ।
चलचित्रका निर्देशक शिभम अधिकारीले कोरोना भाईरसको कारण सिनेमाहल संचालनमा आउन ढिलाई हुन] भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानल मार्फत प्रर्दशन गर्न लागिएको बताउनु भयो । चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरे संगै हेटौडामा बिशेष शो मार्फत आएको रकमबाट स्व निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग समेत गरीसकेको चलचित्रका निर्माता मणिराज गौतमले बताउनु भयो । साथै चलचित्र प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व निर्मला पन्तको परिबारलाई प्रदान गरीने निर्माता गौतमले बताउनु भयो ।

चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निदेशक अधिकारीले बताउनु भयो । गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेकाछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add