यो मन त मेरो नेपाली हो

दिवेश अमेरिकन आइडलको टप १० मा

काठमाडौँ: पछिल्लो समय अमेरिकन आइडल नेपालीहरुमाझ निकै चर्चामा रहेको छ । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा एकपछि अर्को चरणमा प्रवेश गर्दै गएपछि उनको चर्चा नेपालीहरुबीच बनेको हो । पछिल्लो प्रतिस्पर्धामा सफलता पाएसँगै उनी टप १० मा पुग्न सफल भएका छन् ।

जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए ।
त्यो क्रम अहिले पनि जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add