यो मन त मेरो नेपाली हो

नामुना टोल पन्चकुमारी समाजलाई युवा नेता रुमेस कटुवालको सहयोग


बिगत केहि साता देखि राजधानीको ओडा न : १० को पन्चकुमारी समाजले स्थानीय बिपन्न परिवारहरुलाई निसुल्क खाना वितरण गर्दै आएको छ । समाजले खाना मात्र नभई राजधानीको एउटा नमुना टोलको रुपमा १० न ओडाको पन्चकुमारी टोल मगरगाउँलाई स्थापित गरेको छ । टोलका स्थानीय युबा र टोलका बासिन्दा मिलेर कोरोना  (कोभिड १९ )का  बिभिन्न सचेतनाका कार्यक्रमहरु पनि लागु गरेको छ । जसअनुरूप चोक तथा गल्लीहरुमा अनुगमन र भित्री सडक तथा बाटोहरुमा बिभिन्न सचेतनाका पोस्टर आदि टासेर अनुगमन लाई तिब्र पारेको छ । 

राजधानीको बिभिन्न ठाउमा कोरोना संक्रमितको संख्या बढे लगत्तै आफुहरु पनि  सजग भएको बताए समाजका सदस्य सरोज रानाले । नमुना टोलको रुपमा स्थापित भएको यस समाजको लागी बुधबार खाद्यान्य सहयोग प्राप्त भएको बताए समाजका अधक्ष्य किशन कार्कीले । बुधबार राष्ट्रिय युवा संघका युवा नेता , समाजसेवी तथा ब्याबसायी रुमेस कटुवालले माहामारीको यस समयमा पार्टीगत भन्दा मानबियतालाई ध्यानमा राखी सहयोग गरेको बताउदै यस टोलको स्थानीय बिपन्न परिवारको लागी चामल तथा दाल लगायतका सामान सहयोग गरेको उनले बताउनु भयो । यस अघि कटुवालले ३१ ओडामा खाद्यान्न र मृगौला पिडित बुद्धनगरका एक परिवारलाई पनि महिना भरको रासन साहयोग गरेका थिए  ।  " म यो संकटको घडीमा  दुखमा परेका लाई सहयोग गर्ने कुरामा पछी हट्दिन  उनले भन्नु भयो ।
बुधबार पन्चकुमारी समाजका अधक्ष्य किशन कार्की र सदस्यहरु सरोज राना , हिमाल केसी लगायतका लाई समाजसेवी कटुवालले कार्यालयमा नै पुगी सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोग गर्दै कटुवालले भन्नु भयो " यो एक पटकको मात्र सहयोग हैन भोलेको दिनमा पनि सहोग गर्न परे म तयार छु , मलाई निसंकोच भन्नु होला ' कटुवालले भन्नु भयो .पन्चकुमारी समाज टोलमा करिब १५० भन्दा पढी बिपन्न परिवार रहेको सदस्य रानाले बताउनु भयो । 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    Blogger Comment
    Facebook Comment

1 comments:

add