यो मन त मेरो नेपाली हो


जिल्लावासी खोजीखोजी राहत मा व्यस्त अभिनेता सञ्जय खतिवडा

कोरोना भाइरस (कोभिड १९) का कारण देश अहिले लकडाउनमा छ। यो समयमा सबै घरमै थन्किएका छन्। प्रायः सबै फिल्मकर्मी फुर्सदमा छन् तर अभिनेता सञ्जय खतिवडालाई भने भ्याइनभ्याइ छ। उनी फिल्मका लागि बेफुर्सदिला बनेका भने होइनन्। लकडाउनका कारण समस्यामा परेका आफ्ना जिल्लावासीलाई राहत उपलब्ध गराउन उनी दौडधुप गरिरहेका छन्।
उनले तेह्रथुमेलाई सरोकार समाजको अगुवाईमा शुक्रबार, शनिबार र आइतबार गरेर तीन चरणमा राजधानीका विभिन्न स्थानमा अलपत्र परेको दुई सय ७५ तेह्रथुमका परिवारलाई आवश्यक खाद्यान्न उपलब्ध गराए।
भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पुगेर उनीहरूलाई राहत वितरण गरिएको हो। यसअघि २०५९ सालको म्याङलुङ आगलागी र २०७२ सालको भूकम्पमा पनि उनले प्रत्यक्ष रूपमा सहयोग उपलब्ध गराएका थिए।

सरकारले स्थापना गरेको कोरोना कोषमा तेह्रथुम छ थरबासी अभिनेता खतिवडाले पाँच लाख रुपैयाँ सहयोग गरेका छन्। ‘जिल्लावासीलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ। सबैले आफूले सक्ने सहयोग गर्ने बेला हो यो। परेको बेला एकजुट हुनुपर्छ’, उनले भने।

यसअघि नायक खतिवडाले ४५ प्राविधिक परिवारका एक सय ६० जनालाई दैनिक उपभोग्य सामग्री वितरण गरेका थिए। उनीहरू बसेकै स्थान बालकुमारी पुगेर ८५ हजार रुपैयाँ बराबरको उपभोग्य सामग्री हस्तान्तरण गरिएको हो। यो विपत्को समयमा दोलखा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई व्यक्तिगत सुरक्षासामग्री अभाव भएकाले कलाकार मदनदास श्रेष्ठमार्फत पीपीईलगायतका सामग्री पनि हस्तान्तरण गरिएको थियो।
साभार : अन्नपूर्ण पोष्ट बाट 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add