अनलाईंन स्टोर ओ एल एक्स नेपालले पशुपति क्षेत्र आसपास रहेका गरिब तथा बटुवाहरुलाई दैनिक खाना खुवाउदै आएको छ । पूर्ण सुरक्षाका साथ् पी पी ई लगाएर सामाजिक दुरी कायम गर्दै ओ एल एक्स नेपालले लक डाउनको सुरुको दिन देखि मानव सेवा गर्दै आएको छ ।

"हामीले सेवा गर्दै आएका छौ , यो बिपत र माहामारीको अवस्थामा सहयोग गर्न हामि पछी हट्ने छैनौ । हामीले भाटभटेनिबाट सामान किनेर आफ्नै कार्यालयमा बानाएर सुरक्षित तरिकाले भोजन वितरण गरेका छौ "। ओ एल एक्स नेपालका संचालक एडी उज्वलले भन्नु भयो । एडी उज्वल नेपाली कलाकार तथा मोडल पनि हुन । यस अघि पनि ओ एल एक्स नेपालले सेवामा खटिएका प्रहरी लगायत अन्य लाई पनि राजधानीको बिभिन्न ठाउँ सम्म पुगेर पानि, माक्स लगायत खाजा वितरण गरेको थियो ।
मंगलबार पनि रत्नपार्क , थानकोट ,कलंकी र कोटेस्वरमा रहेका सर्वसाधारणहरुलाई मटन चिउरा तथा दालमोठ खाजाको रुपमा वितरण गरेको थियो । त्यस्तै सेवामा खटिएको प्रहरीहरुलाई पानि वितरण पनि गरेको बताए संचालक उज्वल ले ।
मंगलबार पनि रत्नपार्क , थानकोट ,कलंकी र कोटेस्वरमा रहेका सर्वसाधारणहरुलाई मटन चिउरा तथा दालमोठ खाजाको रुपमा वितरण गरेको थियो । त्यस्तै सेवामा खटिएको प्रहरीहरुलाई पानि वितरण पनि गरेको बताए संचालक उज्वल ले ।
नेपालको अग्रीणी स्थानमा रहेको अनलाईन स्टोर ओ एल एक्स नेपालको नितान्त निजि खर्चमा सहयोग गर्दै आएको बताए टिम मध्यका एक बब्लु गुप्ताले । ओ एल एक्स नेपालले अहिले बन्दाबन्दीको समयमा पनि अनलाईन स्टोर खुल्ला रहेर घर घर सम्म सेवा दिरहेको छ । यो समयमा मानिसहरुको घरमा नै पुगेर खाद्यान तथा औसधि लगायतका समानहरु पुराउदै आएको छ ।







0 comments:
Post a Comment