यो मन त मेरो नेपाली हो


कोरियाद्वारा कोरोनाविरुद्ध युद्धको घोषणा

एजेन्सी, २० फागुन । दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमणविरूद्ध युद्धको घोषणा गरेको छ ।

कोरोना भाइरस विरूद्ध युद्ध सुरु भइसकेको दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले बताए ।

राष्ट्रपति मुनले भाइरसविरुद्धको लडाइँका लागि २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको समेत जानकारी दिएका छन् । जापान टाइम्सका अनुसार राष्ट्रपति मुनले सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक कक्ष बनाउन निर्देशन दिएका छन् ।

सम्पूर्ण देश संक्रामक रोगको साथ युद्धमा प्रवेश गरेको जानकारी गराउँदै मूनले सबै सरकारी एजेन्सीहरूलाई चौबीसै घण्टा सञ्चालन गर्न आदेश दिए । कोरियामा कोरोनाबाट संक्रमित हुनेको संख्यामा ५ हजार पुगेको छ ।

योसँगै चीनबाहिर संसारमा सबैभन्दा धेरै संक्रमित हुने देश बनेको छ । सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add