यो मन त मेरो नेपाली हो


जैकी च्याङ कोरोना संक्रमणमा परेको हल्लाभएपछि

 चीनमा कोरोना भाइरसले महामारीको रुप लिएका बेला चिनियाँ सुपर स्टार जैकी च्याङ पनि कोरोनाको संक्रमणमा परेको भन्ने खबर सामाजिक संजालहरुमा भाइरल भएको छ ।

आफु कोरोनाको संक्रमणमा परेको विषय मिडिया र सामाजिक संजालमा फैलिए पछि अभिनेता जैकी च्याङले सामाजिक संजालबाट आफु कोरोनाको संक्रमणमा नपरेको स्पष्ट गरेका छन् ।
आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै जैकीले आफु संक्रमणमा नपरेको बताउदै सबै स्वस्थ्य रहन कामना गर्दछु भनेका छन् । उनले भनेका छन् – यति धेरै चिन्ताका लागि धन्यवाद । म सुरक्षित छु र स्वस्थ छु । सबैसँग नआत्तिन निवेदन गर्दछु । म क्वारेन्टाइनमा छैन । म आशा गर्दछु तपाईहरु सबै स्वस्थ हुनुहुन्छ ।ु

चीनमा अहिलेसम्म कोरोनाका कारण २८७० को ज्यान गएको छ भने चीन बाहिर पनि विस्तारै कोरोनाले महामारीको रुप लिन थालेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add