यो मन त मेरो नेपाली हो


कोरोना फैलने डरले करिश्माले होली नमनाउने, खर्च हुने पैसा गरिन् सहयोग

२० फागुन । यो वर्ष अभिनेत्री करिश्मा मानन्धरले होली नमनाउने भएकी छन् ।

हरेक वर्ष आफ्नै घरको प्राङ्गणमा चलचित्रकर्मीहरूसँग होली मनाउँदै आएकी करिश्माले यस वर्ष कोरोना भाइरस फैलिने डरका कारण होली नमनाउने भएकी हुन् ।

विश्वभर कोरोनाको सन्त्रास फैलिरहेको समयमा सरकारले पनि सभा–सम्मेलन तथा भिडभाडका कार्यक्रम नगर्न आग्रह गरिरहेपछि करिश्माले होली रद्द गर्ने निर्णय लिएकी हुन् ।करिश्माले कोरोना भाइरसका कारण होलीमा पानी र रंगसँग नखेल्न चिकित्सकहरूले सल्लाह दिइरेहकाले आफूले होली नमनाउने निर्णय लिएको बताइन् ।

यस्तै उनले होलीमा खर्च हुने रकम स्वर्गीय केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छन् । करिश्माले सोमबार भट्टराई परिवारलाई १ लाख १ सय १ रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेकी छिन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add