यो मन त मेरो नेपाली हो


‘प्रेमगीत ३’को टीजर सार्वजनिक / उत्कृष्ट सिनेमाटोग्राफी

२० फागुन । नयाँ वर्षको अवसर पारेर २८ चैतमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को टीजर सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत फिल्मको टीजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको टीजरमा एउटा युगको परिकल्पनालाई केही फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएको छ । कैयौ दुस्खहरुलाई सामना गरेर २ वर्षको मेहनत पश्चात फिल्म तयार भएको निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा फिल्म तयार भएको हो । यस सिनेमाको  प्रमुख पाटो भनेको उत्कृष्ट सिनेमाटोग्राफी रहेको छ । चलचित्रको सार्वजानिक प्रचार सामाग्रीहरुमा  सिनेमाटोग्राफिको राम्रो तारिफ सिनेमाको टिमले पाएको छ ।

फिल्ममा अभिनेता प्रदीप खड्का र नवअभिनेता मनिष राउत ,अभिनेता प्रेम पुरी लगाएत  शिव श्रेष्ठ, सुनिल थापा  निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्रीलगायतका कलाकारहरूको अभिनय रहेको छ । डेढ सय वर्ष अगाडिको कथामा आधारित भएको फिल्मको छयांकन ४० प्रतिशत काठमाडौंमा र बाकी ६० प्रतिशत सम्पुर्ण दृश्य मनाङमा गरिएको हो ।
फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ । फिल्मको विदेशी राइट्सहरू धमाधम बिक्री भइसकेको छ ।  
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add