मकवानपुर जागरण अभियान नेपालले सिनेमा ‘कोपीला’को विशेष च्यारेटी शोको आयोजना गर्ने भएको छ । आगामी माघ १० गते हेटौंडाको एनएस सिनेमा हलमा आयोजना गरिने च्यारेटी शो विशेष कार्यक्रमका साथ आयोजना गरिन लागिएको मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोइरालाले बताए ।

शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोइरालाले च्यारेटीमार्फत् उठेको रकमबाट दिवङ्गत निर्मला पन्तको परिवारलाई ५० हजार सहयोग गरिने बताए । च्यारेटी शो का दिन निर्मलाको परिवारलाई हेटौंडा बोलाएर रकम हस्तान्तरण गर्ने उनले बताए । यसअघि गत वर्ष पञ्चायत सिनेमा च्यारेटी गरेर सामाजिक कार्य गरिएको बताउँदै उनले यो वर्ष पनि उठेको रकमबाट निर्मला पन्तको परिवारसँगै अन्य सामाजिक क्षेत्रमा सहयोग गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा सिनेमाका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा सिनेमा ‘कोपीला’ निर्माण भएको जानकारी दिए । सिनेमाले सामाजिक कथा बोकेको भन्दै पन्तको परिवारसँग अनुमति लिएर सिनेमा बनाएको निर्माता गौतमको भनाइ थियो । निर्मलालाई ‘कोपीला’ पात्रमा राखिएको सिनेमा ‘कोपीला’को भूमिकामा सञ्जिवनी खरेलले अभिनय गरेकी छन् ।
सिनेमामा सञ्जिवनीसँगै गणेश गिरी, सरिता गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, सिया आचार्य, जुनिपर पौडेललगायतका कलाकारहरूको अभिनय छ । गणेश गिरीको प्रस्तुती रहेको सिनेमाको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की रहेका छन् ।
दिपक शर्माको संगीत रहेको सिनेमालाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् । यसअघि अधिकारीले पञ्चायत सिनेमा निर्देशन गरेका थिए । सिनेमामा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक असर समावेश गरिएको छ निर्माता एवम् सञ्चारकर्मी मणिराज गौतमले बताए ।

0 comments:
Post a Comment