यो मन त मेरो नेपाली हो


‘सेन्टी भाइरस’ को‘फनफनी’ गीत सार्वजनिक (भिडियो)

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को प्रस्तुती चलचित्र ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा डिपी खनालको शब्द , शंकर थापा स्माइलको संगीत रहेको छ भने यसलाई कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर रहेको छ । गीतमा धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई , विल्सन विक्रम राई ,अन्जली अधिकारी, राजाराम पौडेल ,कमलमणि नेपाल पनि फिचर्ड छन् । गीतको भिडियोलाई शंकर विसीले कोरियोग्राफ गरेका हुन् ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा धुर्मुस सुन्तलीको अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल ,रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा धुर्मुस सुन्तलीको अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल ,सदिप क्षेत्री , पवन खतिवडा , अलिश राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ । रुसामाजिक कथावस्तुमा बन्ने कमेडी जनराको चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ। डिन्डु लामा ह्योल्मो निर्माता रहेको फिल्मको सह–निर्मातामा फूर्पा लामा रहेका छन्।


होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ ।चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।चलचित्र ‘सेन्टी भाइरस’ महाशिवरात्री को अवसर यही फागुन ९ गते प्रदर्शनमा आउदै ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add