चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको हो । भट्टराई र क्षेत्रीलाई नेपाल प्रहरीले सलामी दिएको थियो ।
श्रद्धाञ्जली दिनका लागि सूचना, प्रविधी तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए ।उनीहरुको शवमा संचारमन्त्री बास्कोटाले नेपालको झण्डा ओडाएका थिए ।भट्टराईलाई उनका १५ वर्षीय छोराले दागबत्ती दिएका थिएभने कलाकार क्षेत्रीलाई पनि छोराले दागबत्ति दिएका थिए ।
कलाकारद्वय भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जली दिनका लागि दिउँसो चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो । उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसँगै नेपाली फिल्मका कलाकार, निर्माता, निर्देशक, प्राविधिकहरु बोर्ड पुगेका थिए । त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि दुबैको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राखिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष ,निर्माता तथा कलाकार केशव भट्टराईको आइतबार साँझ १०ः३० बजे हृदयघातका कारण निधन भएको हो । उपचारका लागि काठमाडौंको चाबहिलस्थित ओम अस्पताल पुर्याउँदा उनको निधन भएको थियो । ५१ बर्षको उमेरमा निधन भएका उनले दर्जनौँ फिल्ममा अभिनयसँगै आफ्नो मान्छे ,पाहुना ,छोडी गए पाप लाग्ला, देवर बाबु,कर्मयोद्धा ,सो सिम्पल ,‘ब्रासलेट’ हुदै चैतमा उहाले निर्माण गर्नु भएको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।
दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । श्रीमती मलेशियाबाट आइतबार दिउँसो मात्र नेपाल ओर्लिएका कारण उनको सोमबार पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएको हो । उनी पछिल्लो पटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए ।
Home
entertainment
विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)









0 comments:
Post a Comment