काठमाडौं । लगातारको जाडोपछि आज काठमाडौंमा वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा भइरहेको छ । अहिले उपत्यकामा मध्यम वर्षा भइरहेको छ । वर्षासँगै उपत्यकामा चीसो बढेको छ ।
विहान देखि उपत्यकाको आकाश बादलले ढाकेको थियो । अपरान्हबाट पानी परेपछि बादल हट्दै जाने अनुमान गरिएको छ । हिमाली भूभागमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि महाशाखाले देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
पौष १८ गते (शुक्रबार) दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शुनिबार) दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):– मौसम बदलि संगै वर्षा/हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment