चलचित्र विकास वोर्डका अध्यक्ष ,अभिनेता तथा निर्माता केशब भट्टराईको आइतबार राती असामयिक निधन भएको छ ।५१ बर्षिय भट्टराईको हृदयाघात बाट निधन भएको हो । आइतबार राती हृदयाघात भए पछि उपचार गर्ने क्रममा ओम अस्पतालमा उनलाई मृत घोषण गरिएको थियो ।
केशब भट्टराईले निर्मण गरेको आफ्नो मान्छे ,,छोडी गए पाप लाग्ला, देवर बाबु,कर्मयोद्धा ,सो सिम्पल ,‘ब्रासलेट’ हुदै चैतमा उहाले निर्मण गर्नु भएको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।भट्टराईले धेरै चलचित्रमा अभिनय समेत गर्नु भएको थियो ।२०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसै दुखद घडीमा सोमबार कुनै पनि चलचित्र संग सरोकार राख्ने कुनै पनि गतिबिधि र चलचित्र छायांकन नगर्न गराउन हुन हुन नेपाल चलचित्र प्राबिधिक संघले मातहतका सम्पूर्ण संघ संस्थाहरुलाई अपिल पनि गरेको छ । स्व भट्टराईको पार्थिब शरीरलाई अन्तिम श्रद्धान्जलीको लागी सोमबार २ बजे चलचित्र बिकास बोर्डको प्रांगणमा राखिने जानकारी दिईएको छ ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment