यो मन त मेरो नेपाली हो


संचारकर्मी निश्चल कल्पनाको "करेन्ट लाग्छ" सार्वजनिक भएको छ


बिगत लामो समय देखि संचार माध्यम संग आबद्ध रहेर रेडियो मार्फत आफ्नो वाक क्षमता र कुशल आवाजले श्रोताको मनमा बस्न कुसल संचारकर्मी निश्चल कल्पनाको परिचय संचारकर्मी मात्र हैन उनि कुशल गीतकार पनि हुन् र यिनै कुशल संचारकर्मी तथा गीतकार निश्चल कल्पनाको शब्दमा नयाँ गीत " करेन्ट लाग्छ " लाग्छ सार्वजनिक भएको छ।  रुपक डोटेल र मनिषा पोखरेलको स्वर रहेको गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन।

गीतकार कल्पनाको यस अघि पनि थुप्रै गीत सार्वजनिक भैसकेको छ जसमध्य गायक मनोज राजको स्वारमा रहेको   "प्रिय तिम्रो" बोलको गीत  'तिम्रो न्यानो अङ्गालोमा..." अन्जु पन्तको र "छुट्यो भेट"  नरेन्द्र प्यासीको आवाजमा जस्ता गीतहरु चर्चित छन्  र यिनै चर्चित गीत लेख्नु भएको गीतकार तथा संचारकर्मी कलापनाको "करेन्ट लाग्छ " एक कार्यक्रमका बीच राजधानीमा पत्रकार सम्मलेन गरि सार्वजनिक गरिएको छ।

 ओ एस आर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा राम्रो प्रतिक्रिया पाएको छ। गीतको भिडियो लाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन्  , प्रसान्त तामाङ्गको कोरियोग्राफी रहेको भिडियोमा राज बस्नेत ,बिनु शाक्य र करण शाह लाई फिचर गरिएको छ ।  मुकेश हुमागाईले छायांकन गरेको यस भिडियोको सम्पादन भने प्रकास एस के ले गरेका छन्। गीतलाई सोफिया बज्राचार्यले निर्माण गर्नुभएको हो। 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add