यो मन त मेरो नेपाली हो


शुक्रबार बाट ‘घामड शेरे’ र जीवन काँडा कि फूल’ सार्वजनिक प्रदर्शनमा

  काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट दुइ नेपाली चलचित्र प्रदर्शनमा आएको छ । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ र हेमराज बिसी निर्देशित चलचित्र ‘घामड शेरे’ ले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् ।
चलचित्र ‘जीवन काँडा कि फूल’ लाइ निर्देशक विनोद विष्टले निर्देशन गरेका हुन् । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा/संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु गौतमको स्वर छ। उनी यो चलचित्रको सह निर्माता समेत हुन् ।


 साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई चलचित्रमा प्रस्तुत गरिएको छ। घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाँकन गरिएको छ ।
निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’ कार्तिक ८ गते बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र मल्टिप्लेक्समा कम शोजका कारण दुई साता पछाडी धकेलिएको हो । अन्याय पर्दा खोला विरुद्द नै मुद्दा हाल्न पछि नपर्ने एक ‘घामड’ पात्रको जीवनमा आउने उतारचढाव चलचित्रले बोकेको छ । जसको शिर्ष भूमिकामा निश्चल छन् । भने, उनको श्रीमती स्वस्तिमासँग साली-भेनाको सम्बन्ध गाँसिएको छ । चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय छ ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add