यो मन त मेरो नेपाली हो


‘मिस्टर नेपाली’ को अमेरिकामा प्रिमियर / फिल्महेरेकाले दिए उत्कृष्ट प्रतिक्रिया

आगामी शुक्रबारबाट देश ब्यापी रुपमा प्रदर्शन हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर भएको छ । अमेरिकाको टेक्सासमा सम्पन्न चलचित्रको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता रहयो।
 ‘मिस्टर नेपाली’ हेरेका अधिकांश दर्शकले यसलाई अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएका छन् चलचित्र हेरेर फर्किएका केही दर्शकले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको पनि बताए ।

दर्शकमध्य कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र देखाउन आवश्यक रहेको समेत प्रतिक्रिया दिएका थिए । राष्ट्रियता, कमेडी, रोमन्स सबै कुरा रहेको भन्दै उत्कृष्ट सन्देशमुलक चलचित्र भएको दर्शकहरुले बताएका थिए ।
देव भुषालको निर्देशनमा तयार भएको चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । प्रेमराज दाहालको निर्माण रहेको यो चलचित्र कात्तिकको २९ गतेबाट नेपालमा रिलिज हुँदैछ । चलचित्रले विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add