अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा र भारतमै बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंंह पनि आएकी छिन्।महोत्सव आयोजक चलचित्र निर्माता संघको विशेष निमन्त्रणामा आएका गोविन्दाले पुनः नेपाल आउने अवसर प्राप्त गरेकोमा खुसी व्यक्ति गरे।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गोविन्दाले फिल्म फेस्टिभलमा आफू अतिथिका रूपमा आएको र कार्यक्रमका बेला कुनै प्रस्तुति दिनुपरे तयार रहेको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरी सुरु हुने महोत्सव २१ गतेदेखि ४ दिनसम्म चल्ने छ। नेपाली चलचित्र क्षेत्रमा आबद्ध निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहने महोत्सवमा गोविन्दाले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको निर्माता संघका अध्यक्ष तथा आयोजक आकाश अधिकारीले जानकारी दिए।
यसअघि गोविन्दा गत वर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए। उनकी श्रीमती सुनिता नेपाली मूलकी भएकाले गोविन्दाले नेपाललाई ससुराली देश भन्दै खुसी व्यक्त गर्ने गरेका छन्।







0 comments:
Post a Comment