हेमराज बिसी निर्देशित चलचित्र ‘घामड शेरे’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।यसअघिको पोस्टरमा अभिनेता निश्चल बस्नेत मात्र देखिएका थिए भने यसपालिको पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का पनि अटाएकी छन् ।रुखको फेदमा यो रियल कपललाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।
कार्तिक ८ गते प्रदर्शनमा आउने ‘घामड शेरे’ मा पहिलो पटक निश्चल र स्वस्तिमाले पहिलो पटक जोडी बाँधेका छन् ।चलचित्र शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय रहेको छ । यस्तै अभिनेत्री गौरी मल्लको अतिथि भूमिका बताइएको छ ।
चलचित्रमा हेमराज बिसीको कथा, पटकथा, निर्देशन र लगानी छ । बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेका छन् ।नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment