यो मन त मेरो नेपाली हो


‘बादशाह जुट’ को ट्रेलरमा कमेडी र एक्सन (भिडियो)

चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक १५ गतेलाई प्रदर्शन मिती तय गरेको चलचित्रको ट्रेलर आज (सोमबार) सार्वजनिक भएको हो ।

सार्वजनिक ३ मिनेट १२ सेकेण्ड लामो ट्रेलर कमेडी र एक्सनले भरिपूर्ण रहेको छ । ट्रेलरमा अभिनेताद्वय सुशिल श्रेष्ठ र आमिर गौतम बादशाह बन्ने चक्करमा रहेको देखाईएको छ । सुशिल एक पत्रकार हुन्छन् भने आमिरलाई प्रहरी जवानको रुपमा देखाईएको छ ।
एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा सुशिल र आमिरको अलावा रोबिन तामाङ, रोशी खड्का, कमलमणी नेपाल आदिको मुख्य अभिनय रहेको छ । ‘काफल पाक्यो’ बोलको गीतमा ठुम्का लगाएकी अभिनेत्री प्रियंका कार्कीको भने चलचित्रमा बिशेष भूमिका मात्र रहेको छ । चलचित्रमा हर्क कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) को निर्माण रहेको छ । उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको चलचित्रमा दिर्घ खड्काको सम्पादन रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add